 
																			आइफोन निर्माता कम्पनी एप्पल र फेसबुकको मातृ कम्पनी मेटाबीच एकपटक पुनः टकराब बढेको छ ।
एप्पलका सफ्टवेयर टूलसम्म पहुँच प्राप्त गर्नका लागि मेटाले धेरैपटक अनुरोध गरेको र यसबाट प्रयोगकर्ताको गोपनियता र सुरक्षा खतरामा पर्नसक्ने एप्पलले आरोप लगाएको छ ।
एप्पलको यस्तो अभिव्यक्तिसँगै यी दुई दिग्गज प्रविधि कम्पनीबीच प्रतिद्वन्द्विता तथा तिक्तता झनै बढ्ने अनुमान गरिएको छ ।
युरोपेली संघष्को डिजिटल बजार ऐन के भन्छ ?
स्मरण रहोस् युरोपेली संघर्षको डिजिटल मार्केट ऐन, जुन गत वर्षदेखि कार्यान्वयनमा आएको थियो, त्यस अनुसार एप्पलले आफ्ना प्रतिस्पर्धी कम्पनीहरू तथा एप डेभलपरहरुलाई आफ्ना सेवाहरुलाई एप्पलको इकोसिस्टमसँग एकीकृत गर्ने अनुमति प्रदान गर्नुपर्ने हुन्छ । अन्यथा उसले आफ्नो वैश्विक वार्षिक आम्दानीको १० प्रतिशत सम्म जरिवाना तिर्नुपर्ने हुनसक्छ ।
एप्पलको आरोप : फेसबुक र इन्स्टाग्रामले अरुले भन्दा धेरै पहुँच मागे
एप्पलका अनुसार मेटाले अहिलेसम्म १५ वटा इन्टरअपरेबिलिटी (अन्तरसंगतता) अनुरोध पठाएको छ, जुन अन्य कम्पनीले गर्ने अनुरोधभन्दा धेरै हो । साथै उल्लेखित अनुरोधहरुमा मेटाले एप्पलका प्रविधिसम्म व्यापक पहुँचको माग गरेको छ ।
एप्पलको एक रिपोर्ट अनुसार कम्पनीले यो पनि चिन्ता व्यक्त गरेको छ कि मेटाका विभिन्न अनुरोधहरुले डिभाइसको कार्यप्रणालीलाई यस प्रकारले बदल्न सक्छन् कि त्यसबाट प्रयोगकर्ताको गोपनियता तथा सुरक्षा खतरामा पर्न सक्छ ।
विशेष रुपमा यो परिवर्तन मेटाका आफ्ना बाह्य उपकरणहरु जस्तै स्मार्ट चस्मा तथा भर्चुअल रियालिटी हेटसेट (मेटा क्वेस्ट) सँग सम्बन्धित जस्तो नदेखिने एप्पलको भनाइ छ ।
मेटा क्वेस्ट र एप्पलको चिन्ता
Meta Quest भर्चुअल तथा मिक्स्ड रियालिटीको क्षेत्रमा प्रभुत्व स्थापित गर्ने मेटाको महत्वाकांक्षको एक हिस्सा हो । यदि मेटाले गरेका सबै अनुरोधलाई स्वीकृति प्रदान गरिएमा मेटाले आइफोन प्रयोगकर्ताको सम्पूर्ण डिभाइसको गतिविधि सम्ममा पहुँच प्राप्त गर्ने चेतावनी एप्पलले दिएको छ । उसले भनेको छ- यसमा कुनै पनि आइफोन प्रयोगकर्ताका मेसेज तथा इमेल पढ्ने, फोन कल ट्रयाक गर्ने, एपको उपयोगको निगारनी गर्ने, फोटो तथा फाइललाई स्क्यान गर्ने, क्यालेन्डर इभेन्ट्सको समीक्षा गर्ने, पासवर्ड लग गर्ने तथा अन्य विभिन्न गतिविधि हुन सक्छन् ।
मेटाले खण्डन गर्यो एप्पलको दाबी
तर, एप्पलको त्यस्तो आरोपको मेटाले खण्डन गरेको छ र एप्पलले इन्टरअपरेबिलिटीको विरोध गरेको आरोप लगाएको छ ।
मेटाका एक प्रवक्ताले भनेका छन् -एप्पलले जुन कुरा वास्तवमा भनिरहेको छ त्यसले के देखाएको छ भने उसले इन्टरअपरेबिलिटीमा विश्वास गर्दैन ।
प्रतिस्पर्धा विरोधी व्यवहारका कारण एप्पल सधै आलोचित हुँदै आइरहेको भन्दै उनले एप्पलले गोपनीउताको आधारमा आफ्नो रक्षा गर्ने प्रयास गर्दै आएको तर वास्तविकतामा गोपनियता कुनै आधार नै नरहेको उनको टिप्पणी छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4