 
																			१२ पुस, काठमाडौं । नेपाल विद्यार्थी संघको पद्मकन्या क्याम्पसमा नयाँ नेतृत्व चयन गरिएको छ । चन्द्रकला तामाङको नेतृत्वमा ५१ सदस्यीय कार्यसमिति गठन गरिएको हो ।
शुक्रबार भेलाबाट वरिष्ठ उपाध्यक्ष दीक्षा बडु, उपाध्यक्षद्धयमा रिंकी मेहता र कविता गौतम, सचिवमा संकल्पिका थापा, सन्ध्या बस्याल, श्रद्धा थापा चयन भएका छन् । साथै, सह सचिवमा अस्मिता विश्वकर्मा, कृतिका बराल, ममता पुजारा, कोषाध्यक्षमा चेतना नहर्की, सह कोषाध्यक्ष उवर्सी पाण्डे बनेका छन् ।
यस अघि सगुन कँडेलको नेतृत्वको कार्यसमिति थियो । नयाँ समिति सर्वसम्मत रुपमा बनेको पद्मकन्या क्याम्पसको नेविसंघ पूर्व सभापति लक्ष्मी दाहालले जानकारी गराइन् ।
संघको कार्यसमिति सक्रिय नभएकाले नयाँ समिति गठन गरिएको दाहालले बताइन् । नयाँ कार्यसमितिमा पार्टी महामन्त्री गगन थापा निकटका विद्यार्थीहरू परेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4