+
+

मधेशका नेताले संविधानको धारा-धारामा राजनीति गरेर जनता अल्मल्याए : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १४ गते १४:५६
फाइल तस्वीर

१४ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशका नेताहरूले संविधानको धारा–धारामा राजनीति गरेर जनता अलमल्याइरहेको आरोप लगाएका छन् । आइतबार नेकपा एमाले, पर्सा कमिटीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘म अघिल्लो पटक प्रधानमन्त्री हुँदा गफ धेरै गरे । ठूला कुरा धेरै गरे । यहाँका नेताहरूको माग संविधानको फलानो धारा फेनुपर्छ मात्रै भन्नुहुन्छ,’ एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘संविधानको धाराको राजनीति गरेर जनता अलमल्याइरहनुहुन्छ ।’

साथै, उनले मधेशी जनताको जीवनस्तरमा फरक पार्नेगरी आफू नेतृत्वको सरकारले काम गरिरहेको जिकिर गरे ।

‘मधेशको जनताको जीवनस्तरमा फरक पार्नका लागि हुलाकी राजमार्ग हामीले सुरु गरेका हौं,’ उनले भने । केही ठाउँमा आरक्षण र निकुन्जका कारण अवरोध भए पनि अधिकांशश ठाउँमा राजमार्गको काम पूरा भएको उनको भनाइ थियो ।

‘आम रुपमा हुलाकी राजमार्ग पूरा भएको छ । १० वटा हुलाकी राजमार्गमा आधुनिक सहर बनाउने भनेका छौं । त्यो बढाएर १३ वटा बनाएका छौं,’ प्रधानमन्त्री ओलीले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?