+
+

काठमाडौं र ललितपुरमा दुई शव फेला

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १७ गते १२:४५

१७ पुस, काठमाडौं । काठमाडौं र ललितपुरका दुई फरक ठाउँमा दुई वटा शव भेटिएका छन् ।

बूढानीलकण्ठ नगरपालिका–५ टुसालमा दोलखा घर भएका ६६ वर्षीय तिलकबहादुर श्रेष्ठ मृत अवस्थामा भेटिएका छन् । उनी टुसालस्थित आफ्नै निर्माणाधीन घरमा मृत भेटिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी ललितपुर महानगरपालिका–४ धोवीघाटमा एक किशोरी मृत भेटिएकी छन् । बर्दिया घर भइ धोवीघाट बस्दै आएकी १८ वर्षीया सिम्रन थारू आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी हुन् ।

दुबै घटनामा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?