+
+

भारत लैजाँदै गरेको १५५ किलो गाँजासहित २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १७ गते १३:०६
फाइल तस्वीर

१७ पुस, विराटनगर । नेपाल प्रहरीले भारत लैजाँदै गरेको १५५ किलो गाँजा बरामद भएको छ । गाँजासहित दुई जना पक्राउ पनि परेका छन् ।

मंगलबार राति करिब साढे १० बजे विराटनगर महानगरपालिका-१८ स्थित भट्टा चोकमा प्रहरीलाई छलेर भागेको को १ च ९५८२ नम्बरको स्कारपियोमा गाडीमा लोड गरिएको १५५ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको हो ।

मोरङ प्रहरीका अनुसार भागेको स्कारपियो खोजी गर्ने क्रममा जहदा गाउँपालिका-१ को धुनी बस्तीमा फेला परेको थियो । सो स्थानबाट प्रहरीले स्कारपियो चालक धरान उपमहानगरपालिका-१२ का २४ वर्षीय राहुल विश्वकर्मा र गाडीमा सवार धनकुटाको शहीदभूमि गाउँपालिका-६ का १९ वर्षीय सुरज राईलाई पक्राउ गरेको हो ।

‘उनीहरु भरिया जस्तो देखिन्छन् । धरानबाट उनीहरु गाँजा लिएर भारततर्फ जाँदै थिए,’ प्रहरी स्रोतले भन्यो, ‘पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको छ ।’

मंगलबार राति करिब साढे १० बजे प्रहरीको चेकिङ छलेर भागेको गाडी खोज्न जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय रानीको टोली खटिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?