 
																			१७ पुस, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले ‘सम्पत्ति शुद्धीकरण’ को मामिलामा नेपाललाई ‘ग्रे लिस्ट’ बाट जोगाउन जरूरी रहेको बताएका छन् ।
मन्त्रिपरिषद्ले गरेको निर्णयबारे जानकारी दिन मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरूले सोधेका प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता गुरूङले ‘सम्पत्ति शुद्धीकरण’को मामिलामा नेपाललाई ‘ग्रे लिस्ट’ बाट जोगाउन सरकारले अभियान नै सुरू गर्ने निर्णय गरेको जानकारी दिए ।
संघ र प्रदेशमा राष्ट्रिय रूपमा र्याली गर्ने, गलत तरिकाले सङ्कलन गर्ने कालो धनविरूद्ध जनतामा सचेना फैल्याउनेलगायत अभियान सुरू गरिने सरकारको योजना रहेको उनले जानकारी दिए ।
त्यस्तै, सरकारले प्रत्येक वर्ष माघ १४ गते ‘सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस’ मनाउने निर्णय पनि गरेको छ ।
महान्यायाधिवक्ताको कार्यालय र अन्तर्गतको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय भएको उनले बताए ।
 
                









 
                     
                                     
                                 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4