+
+

सहकारीसम्बन्धी अध्यादेशबारे रास्वपाले केन्द्रीय समितिमा छलफल गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १८ गते १७:५७
रास्वपा केन्द्रीय समिति बैठक (फाइल तस्वीर)

१८ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी २० र २१ गते बस्ने केन्द्रीय समिति बैठकका एजेन्डा तय गरेको छ ।

पार्टीका कार्यबाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार बैठक काठमाडौंको स्वयम्भु स्टार ब्यान्क्वेटमा बस्नेछ । बैठकमा पहिलो दिन समसामयिक राजनीतिक छलफल र रिपोर्टिङ हुनेछ ।

सोही दिन स्थानीय तह उपनिर्वाचनको समीक्षा, संगठन सवलीकरण लगायतका छलफल हुने कार्यतालिका बनेको छ ।

त्यस्तै, सरकारले ल्याएको सहकारीसम्बन्धी विधेयकबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत १४ पुसमा सहकारीसम्बन्धी अध्यादेश जारी गरेका थिए । अध्यादेशले सहकारी संस्थाहरुको नियमनका लागि ‘राष्ट्रिय सहकारी नियमन प्राधिकरण’ गठन गर्ने प्रस्ताव गरेको छ ।

पाँच सदस्यीय प्राधिकरणमा एक जना अध्यक्षका अतिरिक्त, एकजना विज्ञ, एक चार्टर्ड एकाउन्टेन्ट, सहकारी मन्त्रालयको सहसचिव सदस्य रहने उल्लेख गरिएको छ ।

त्यस्तै, संघीय संसद्मा दर्ता भएका विधेयकहरूबारे पनि बैठकमा छलफल हुने कार्यबाहक महामन्त्री बुर्लाकोटीले बताएका छन् ।

रास्वपाले संविधान परिमार्जनसम्बन्धी छलफल पनि गर्ने बताएको छ ।

जलेश्वर बैठक र राष्ट्रिय भेलामा प्रस्तुत पार्टी सभापतिको राजनैतिक प्रतिवेदनहरूका आधारमा गर्नुपर्ने, पार्टीको आगामी कार्यदिशा, आचारसंहिता लगायतका विषयमा छलफल हुने रास्वपाले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?