
काठमाडौं । युद्धपछिको आप्रवासी अनुभव दर्शाउने फिल्म ‘द ब्रुटालिस्ट’ र शल्यक्रियामार्फत लिंग परिवर्तन गर्ने लागूऔषध कारोबारी गिरोहको मालिकको कथावस्तुमा बनेको ‘इमिलिया पेरेज’ले गोल्डेन ग्लोब अवार्डमा शीर्ष पुरस्कार जितेका छन् ।
‘इमिलिया पेरेज’ले उत्कृष्ट म्युजिकल अर कमेडीसहित चार विधा जित्यो । ‘द ब्रुटालिस्ट’ले उत्कृष्ट फिल्म ड्रामासहित तीन विधा जित्यो । जापानको सामन्ती अवस्थाको कथा भन्ने हुलुको ‘शोगुन’ले उत्कृष्ट टिभी ड्रामासहित टेलिभिजनतर्फका चार पुरस्कार जित्यो ।
मुख्य विधामा कसले के जिते ?
उत्कृष्ट फिल्म (ड्रामातर्फ)
द ब्रुटालिस्ट – ए ट्वान्टी फोर
उत्कृष्ट फिल्म (म्युजिकल अर कमेडी)
इमिलिया पेरेज – नेटफ्लिक्स
उत्कृष्ट फिल्म (एनिमेटेड)
फ्लो – जेसस फिल्म्स
बक्स अफिस अचिभमेन्ट
विक्ड – युनिभर्सल पिक्चर्स
उत्कृष्ट गैरअंग्रेजी फिल्म
इमिलिया पेरेज – फ्रान्स
उत्कृष्ट अभिनेत्री – ड्रामा फिल्म
फेरान्डा टोरेस – आई एम स्टिल हेयर
उत्कृष्ट अभिनेता – ड्रामा
एड्रिन ब्रोडी (द ब्रुटालिस्ट)
उत्कृष्ट अभिनेत्री – म्युजिकल अर कमेडी
डेमी मुरे – द सब्सटेन्स
उत्कृष्ट अभिनेता – म्युजिकल अर कमेडी
सेबास्टिन स्टान – अ डिफरन्ट म्यान
उत्कृष्ट निर्देशक फिल्म
ब्राडी कार्बेट – द ब्रुटालिस्ट
उत्कृष्ट पटकथा फिल्म
पीटर स्ट्राउगन – द कन्क्लेभ
उत्कृष्ट टिभी ड्रामा
शोगुन
प्रतिक्रिया 4