+

यू-१६ युथ लिगमा पुलिस र हिमालयन शेर्पाको रोमाञ्चक बराबरी

२०८१ पुष  २३ गते १५:१४ २०८१ पुष २३ गते १५:१४
यू-१६ युथ लिगमा पुलिस र हिमालयन शेर्पाको रोमाञ्चक बराबरी

२३ पुस, काठमाडौं । एन्फा यू-१६ युथ लिगमा नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लबले रोमाञ्चक बराबरी खेलेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा मंगलबार भएको खेलमा शेर्पा र पुलिसले ३-३ गोलको बराबरी खेलेका हुन् ।

खेलमा शेर्पाले तीनपटक अग्रता लिएको भएपनि त्यसलाई अन्त्यसम्म जोगाउन सकेन । पुलिसले पछि परेको अवस्था उल्टाउँदै शेर्पालाई बराबरीमा रोक्यो ।

हिमालयन शेर्पाका लागि सुजन स्याङतानले ह्याट्रिक गरे भने पुलिसका लागि समिर राईले दुई गोल गर्दा समिर कुमारले एक गोल गरे ।

खेलको २७औं मिनेटमा सुजनले गोल गर्दै शेर्पालाई अग्रता दिलाएका थिए । ३२औं मिनेटमा समिर कुमारले गोल गर्दै खेल बराबरीमा ल्याए । ४३औं मिनेटमा सुजनले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा शेर्पाले २-१ को अग्रता बनाएको थियो ।

दोस्रो हाफको ४९औं मिनेटमा समिर राईले गोल गर्दै पुलिसलाई फेरि खेलमा फर्काए ।  ७६औं मिनेटमा सुजनले ह्‍याट्रिक पूरा गरेपछि शेर्पा खेलमा ३-२ ले अगाडि आएकोमा त्यसको दुई मिनेटपछि समिर राईले गोल गर्दै पुलिसको हार टारे ।

एन्फा यू-१६ युथ लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय