+

स्वास्थ्य सेवामा एआई प्रवर्द्धनको घोषणा गर्दै सकियो हाइकन सम्मेलन

२०८१ पुष  २४ गते १७:४१ २०८१ पुष २४ गते १७:४१
स्वास्थ्य सेवामा एआई प्रवर्द्धनको घोषणा गर्दै सकियो हाइकन सम्मेलन

काठमाडौं । नेपाल जस्ता स्रोतको कमी भएका देशमा स्वास्थ्य एआईको क्षेत्रमा वैज्ञानिक ज्ञान प्रविधि र नवप्रवर्तन गर्ने प्रतिबद्धता जनाउँदै हाइकन सम्मेलन सम्पन्न भएको छ ।

नेपाल र विकासशील देशहरुमा स्वास्थ्य एआईको क्षेत्रमा ज्ञान उत्पादन, आदानप्रदान र सहकार्य गर्न स्थापना भएको हेल्थ एआई फर अल नेटवर्क (हाइनेट) को आयोजनामा सम्मेलन भएको थियो । विकासशील देशहरुले स्वास्थ्य सेवाको समस्या पहिचान गरी त्यसलाई स्वास्थ्य एआईको माध्यमबाट समाधान गर्ने विषयमा छलफल भएको थियो ।

नेपालको अग्रसरतामा स्वास्थ्य क्षेत्रमा भएको एआई प्रविधि विकासको फाइदा सीमित स्रोत-साधन भएका देशमा बसोबास गर्ने नागरिकमा पनि पुगोस् भन्ने उद्देश्यले हाइनेट स्थापना गरिएको हो । यस संस्थाले पहिलो सम्मेलन काठमाडौंमा आयोजना गरेको हो ।

स्वास्थ्य सेवा वितरणमा महत्वपूर्ण परिवर्तन ल्याउन, मानव स्वास्थ्य सुधार गर्न र स्वास्थ्यमा सबैको पहुँच पुर्‍याउन स्वास्थ्य एआईले कसरी भूमिका खेल्छ भन्ने विषयमा सम्मेलनमा छलफल भएको आयोजकले जनाएको छ ।

सम्मेलनमा विभिन्न देशका विज्ञहरुले स्वास्थ्य एआईलाई स्वास्थ्य प्रणालीमा कसरी संलग्न गर्न सकिन्छ र कस्तो नीतिगत व्यवस्था गर्नुपर्छ भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । सम्मेलनको सहआयोजकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल एप्लाइड म्याथम्याट्रिक्स एण्ड एन्फोम्याट्रिक्स थिए । यो सम्मेलन अर्को वर्ष युगाण्डामा हुनेछ ।

एआई स्वास्थ्य सेवा हाइकन सम्मेलन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय