+

यू-१९ महिला टी२० विश्वकप : नेपालले वेष्टइन्डिज र अमेरिकासँग अभ्यास खेल खेल्ने

२०८१ पुष  २४ गते १८:२९ २०८१ पुष २४ गते १८:२९
यू-१९ महिला टी२० विश्वकप : नेपालले वेष्टइन्डिज र अमेरिकासँग अभ्यास खेल खेल्ने

२४ पुस, काठमाडौं । आईसीसी यू-१९ महिला टी२० विश्वकपमा नेपालले वेष्टइन्डिज र अमेरिकासँग अभ्यास खेल खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपालले विश्वकपअघि दु२ अभ्यास म्याच खेल्ने भएको हो । जसमा नेपालले पहिलो अभ्यास खेल वेष्ट इन्डिजसँग जनवरी १३ मा खेल्नेछ भने अमेरिकासँग जनवरी १५ मा खेल्नेछ ।

पहिलो पटक यू-१९ महिला टी२० विश्वकपमा छनोट भएको नेपाल समूह डी मा छ । नेपाल रहेको समूहमा अष्ट्रेलिया, बंगलादेश र स्कटल्याण्ड छन् । नेपालले जनवरी १८ मा बंगलादेशसँग पहिलो खेल खेल्नेछ । यस्तै जनवरी २० मा स्कटल्याण्ड र जनवरी २३ मा अष्ट्रेलियासँग खेल्नेछ ।

जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुने आईसीसी यू-१९ महिला टी२० विश्वकपमा १६ टिमको सहभागिता छ । टिमलाई चार समूहका विभाजन गरिएको हो । हरेक समूहको शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछ ।

क्यानले पुजा महतोको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिसकेको छ ।

 

यू-१९ महिला टी२० विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय