+

ईएफएल कपमा टोटनहामले लिभरपुललाई हरायो

२०८१ पुष  २५ गते ८:०३ २०८१ पुष २५ गते ८:०३
ईएफएल कपमा टोटनहामले लिभरपुललाई हरायो

२५ पुस, काठमाडौं । इंग्लिस फुटबल लिग (ईएफएल) कपअन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा प्रिमियर लिगको शीर्षस्थानमा रहेको लिभरपुलले झिनो हार व्यहोरेको छ ।

लिभरपुल टोटनहामसँग १-० ले पराजित भएको हो । टोटनहामको जितमा खेलको ८६औं मिनेटमा लुकास बर्गभालले गोल गरेका थिए । त्यसअघि ७९औं मिनेटमा गरेको गोललाई भिएआरले मान्यता दिएको थिएन।

यसअघि पहिलो सेमिफाइनलको पहिलो लेगमा न्युकासलले आर्सनललाई हराएको थियो । सेमिफाइनलका दोस्रो लेग ५ र ६ फेब्रुअरीमा हुनेछ ।

टोटनहामले २००८ यता कपको उपाधि जित्न सकेको छैन । लिभरपुलले सर्वाधिक १० पटक ईएफएल कपको उपाधि जित्दा म्यानचेस्टर सिटीले ८ र युनाइटेडले ६ पटक जितेका छन् ।

ईएफएल कप टोटनहाम लिभरपुल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय