+
+

नाबालिका बलात्कार आरोपमा पक्राउ परेका लामा एमालेबाट निलम्बित

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २५ गते १२:३५

२५ पुस, काठमाडौं । नाबालिका बलात्कार आरोपमा काठमाडौंका पूर्णमान लामा पक्राउ परेका छन् । काठमाडौंको शंखरापुर नगरपालिका-१ का पूर्णमान बौद्ध प्रहरीको हिरासतमा छन् ।

‘नाबालिका बलात्कारको उजुरीपछि हामीले उनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेका छौं,’ प्रहरी स्रोतले भन्यो ।

उनी नेकपा एमाले काठमाडौं जिल्ला सदस्य हुन् । उनले पार्टीको ‘मर्यादामा आँच’ आउने गतिविधि गरेको एवम् ‘असामाजिक क्रियाकलाप’मा संलग्न भएको भन्दै एमाले काठमाडौंले उनलाई निलम्बन गरेको छ ।

एमाले काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाले अनुशासनको कारबाही सम्बन्धी विधानको व्यवस्था अनुसार लामालाई पार्टी सदस्यबाट निलम्बन गरिएको जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?