काठमाडौं । कुमारी बैंकले मोरङको विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ ।
विराटनगर महानगरपालिकाको समन्वयमा उद्यमी प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो ।
यूएसएआईडीसँगको साझेदारीमा बैंकले ‘देशैभरि वर्षैभरि’ उद्यमशिलता विकास एवं प्रवर्द्धनका लागि नियमितरूपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको छ ।
यस अभियानमा सर्वसाधारणको विषयगत संवेदनशीलतालाई सहजै बुझ्न सकिने गरी वित्तीय उद्यमी प्रशिक्षण, वित्तीय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरूको अभिनय सहितका सन्देशमूलक भिडियो, सचेतनामूलक सन्देशहरू विकास गरी नियमित रूपमा प्रकाशन तथा प्रशारण समेत गरिरहेको बैंकले जनाएको छ ।
उद्यमी प्रशिक्षणबाट हरेक स्थानीय निकायमा रहेका उद्यमी सोच प्रवर्द्धन तथा विकासमा टेवा पुर्याउँदै आर्थिक रूपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
प्रतिक्रिया 4