+

कप्तान अनिताको ह्याट्रिकमा एपीएफले पुलिसलाई हरायो

२०८१ पुष  २५ गते २०:५४ २०८१ पुष २५ गते २०:५४
कप्तान अनिताको ह्याट्रिकमा एपीएफले पुलिसलाई हरायो

२५ पुस, काठमाडौं । कप्तान अनिता बस्नेतले ह्याटिक गरेपपछि एपीएफले एन्फा महिला राष्ट्रिय लिगको सुपर लिगमा बिहीबार नेपाल पुलिस क्लबलाई ६-० ले पराजित गरेको छ । विभागीय डर्बीमा फराकिलो जितपछि एपीएफ शीर्ष स्थानमा उक्लेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा एपीएफलाई फराकिलो जित दिलाउन कप्तानले अनिताले ह्याट्रिक गर्दा सरु लिम्बुले दुई तथा रेनुका नगरकोटेले एक गोल गरे ।

लगातार तीन खेल जितेको एपीएफले तीन खेलबाट ९ अंक जोडेर शीर्ष स्थानमा पुगेको हो । पहिलो हार व्यहोरेको पुलिस ७ अंकसहित तेस्रोमा छ ।

पहिलो हाफमा दुई गोल गरेको एपीएफले दोस्रो हाफमा चार गोल थपेको थियो ।

एन्फा महिला राष्ट्रिय लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय