+

यू-१६ युथ लिगमा मच्छिन्द्रको दोस्रो जित

२०८१ पुष  २५ गते २१:२४ २०८१ पुष २५ गते २१:२४
यू-१६ युथ लिगमा मच्छिन्द्रको दोस्रो जित

२५ पुस, काठमाडौं । मच्छिन्द्र एफसीले एन्फा यू-१६ युथ लिगमा दोस्रो जित हात पारेको छ । लिगअन्तर्गत बिहीबार एन्फा कम्प्लेक्समा भएको खेलमा मच्छिन्द्रले एफसी खुमलटारलाई २-० ले पराजित गरेको हो ।

मच्छिन्द्रले दुवै गोल अन्तिम १० मिनेटमा गरेको थियो । हिमाल थिङले ८२औं मिनेटमा गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए । त्यसको दुई मिनेटपछि मच्छिन्द्रका सौगात कुमार बोम्जनले गोल गरेका थिए ।

लगातार दुई जितपछि मच्छिन्द्रले ६ अंक जोडेको छ । मच्छिन्द्रले पहिलो खेलमा हिमालयन शेर्पा क्लबलाई हराएको थियो ।

एन्फा कम्प्लेक्समै बिहीबार भएको संकटा एफसी र फ्रेण्ड्स क्लबबीचको खेल भने गोलरहित बराबरीमा सकिएको छ ।

एन्फा यू-१६ युथ लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय