+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

नयाँ प्रमुख प्रशासकीय अधिकृत माग गर्दै बालेनले लेखे पत्र

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २६ गते १७:०२

२६ पुस, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ प्रमुख प्रशासकीय अधिकृत माग गर्दै पत्र लेखेका छन् ।

‘काठमाडौँ महानगरपालिकामा खटिइ आउनु भएका प्रमुख प्रशासकीय अधिकृतका सम्बन्धमा छानविन भइरहेको हुँदा हाल उहाँ बिदामा बस्नु भएकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ दफा ८४ बमोजिमको कामकाज गर्नका लागि प्रमुख प्रशासकीय अधिकृत खटाई पठाई दिनुहुन अनुरोध छ,’ पत्र लेख्दै बालेनले भनेका छन् ।

पुरानो बसपार्कस्थित काठमाडौं टावरको नक्सा प्रक्रिया नपुर्‍याई पास गरेको भन्दै महानगरले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि छानबिन गर्न समिति बनाएको छ ।

छानबिन समिति बनेसँगै गुरागाईं बिदामा बसेपछि निमित्त प्रमुखको जिम्मेवारी गोविन्दप्रसाद शर्माले पाएका थिए ।

शर्माले पनि राजीनामा दिएपछि काठमाडौं महानगरपालिका अहिले प्रमुख प्रशासकीय अधिकृतविहीन बन्न पुगेको छ ।

हेर्नुहोस् संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई बालेनले लेखेको पत्र :

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?