+
+

हमासले बन्धक बनाएका अर्का व्यक्तिको शव फेला पर्‍योः इजरायली सेना

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २६ गते १७:५४

२६ पुस, जेरुसेलम । गाजामा गत अक्टोबर ७ मा भएको आक्रमणपछि लडाकुले बन्धक बनाएका एक इजरायली बन्धकको शव फेला परेको इजरायली सेनाले शुक्रबार पुष्टि गरेको छ ।

फरेन्सिक जाँचपछि इजरायली सेनाले हम्जा अल जायदना ‘हमासको कैदमा मारिएको’ जानकारी उनको परिवारलाई विहीबार दिएको छ । सेनाले उनका पिता युसुफको शव बुधबार बरामद गरी इजरायल ल्याइएको घोषणा गरेको थियो ।

प्यालेस्टिनी लडाकूहरूले गाजाको सीमा नजिकै किबुट्ज होलिटबाट बाबुछोरालाई सन् २०२३ अक्टोबर ७ मा कब्जामा लिएका थिए ।

उनीहरूसँगै अपहरणमा परेका हम्जाकी बहिनी र भाइलाई नोभेम्बर २०२३ मा एक हप्ता लामो युद्धविरामको क्रममा रिहा गरिएको थियो।

हम्जा अल–जायदनाको भविष्यबारे बुधबार अपुष्ट रिपोर्ट सार्वजनिक भएको थियो, तर शुक्रबार सेनाले उनको मृत शरीरको अवशेष पहिचान भएको पुष्टि गरेको हो ।

सन् २०२३ मा हमासले गरेको उक्त आक्रमणमा इजरायली पक्षका एक हजार २०८ जनाको मृत्यु भएको इजरायली आधिकारिक तथ्याङ्कले देखाएको छ ।

इजरायलको जवाफी कारबाहीमा गाजामा ४६ हजार छ जनाको मृत्यु भएको छ, जसमध्ये अधिकांश सर्वसाधारण रहेको संयुक्त राष्ट्रसङ्घले विश्वासिलो मानेको हमासद्वारा सञ्चालित क्षेत्रको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ । रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?