+

नेपाल कबड्डी लिगको उद्घाटन खेलमा माभरिक्स र लेकर्स भिड्ने

२०८१ पुष  २६ गते २०:५३ २०८१ पुष २६ गते २०:५३
नेपाल कबड्डी लिगको उद्घाटन खेलमा माभरिक्स र लेकर्स भिड्ने

२६ पुस, काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) को खेल तालिका शुक्रबार सार्वजनिक गरिएको छ । एस्ट्रोनिक्स म्यानेजमेन्टको आयोजनामा आगामी माघ ४ गतेदेखि सुरू हुने एनकेएलको उद्घाटन खेलमा काठमान्डु माभरिक्स र पोखरा लेकर्स भिड्ने भएका छन् ।

यसैगरी विराटनगरले पहिलो खेलमा धनगढी वाइल्डक्याट्सको सामना गर्नेछ । जनकपुर नाइट्सले बुटवलको हिमालयन रेइडर्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

एनकेएलमा राउन्ड रोबिन लिगमा १५ खेल हुनेछ, जसको शीर्ष चार टिम नकआउट चरणमा प्रवेश गर्नेछन् । लिगका शीर्ष दुई टिमले माघ १४ गते क्वालिफायर १ खेल्नेछ, जसको विजेता सिधै फाइनलमा पुग्नेछ ।

लिगमा तेस्रो र चौथो स्थानमा रहेका टिमले माघ १४ गते नै एलिमिनेटरमा खेल्नेछ, जसको विजेता क्वालिफायर २ मा पुग्नेछ । क्वालिफायर १ मा पराजित भएका टिम र एलिमिनेटरका विजेताबीच माघ १६ गते हुने क्वलिफायर २ मा जित हासिल गर्ने टिमले फाइनलमा स्थान पाउनेछ । फाइनल खेल माघ १८ गते हुनेछ ।

एनकेएलको पहिलो सिजनमा ६ सहरका ६ फ्रेन्चाईज टिमले प्रतिस्पर्धा गर्दैछन् । राष्ट्रिय खेलकुद परिषदको त्रिपुरेश्वरस्थित कभर्डहलमा माघ १८ गतेसम्म सञ्चालन हुने एनकेएलमा दैनिक एक वा दुई खेल सञ्चालन गरिनेछ ।

दुई खेल हुँदा दिनको पहिलो खेल साँझ ५ः३० बजे सुरू हुनेछ भने त्यसपछि दोस्रो खेल ६ः३० बजे सुरू हुनेछ । एक खेलमात्रै भएको दिन खेल साँझ ६ः३० बजे सुरू हुनेछ ।

नेपाल कबड्डी लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय