+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

‘ओभरलोड’ कडाइसाथ नियन्त्रण गर्न भौतिकमन्त्रीको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २९ गते १९:५८

२९ पुस, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सवारीसाधनमा अधिक भारबहन कडाइसाथ नियन्त्रण गर्न निर्देशन दिएका छन् ।

मापदण्ड विपरीत तोकिएभन्दा बढी भारका सवारीसाधनका कारण पूर्वाधारहरूमा क्षति हुने एवं दुर्घटनाको समेत उच्च जोखिम रहने भएकाले कडाइसाथ नियन्त्रण गर्न निर्देशन दिएका हुन् ।

सोमबार मन्त्रालयमा नेपाल ट्रक यातायात व्यवसायी महासंघ टोलीसँग छलफल गर्दै उनले यातायात व्यवस्था विभागलाई अधिक भार बोकेका सवारीसाधन कडाइसाथ नियन्त्रण गर्न निर्देशन दिए ।

‘ओभरलोडका गाडीले सडक, पुल लगायत संरचनामा जोखिम बढाइरहेका छन्,’ मन्त्री दाहालले विभागलाई निर्देशन दिँदै भने, ‘तर यो संरचनामा क्षति पुर्‍याउने विषय मात्रै होइन, अधिक भारकै कारण हुने दुर्घटनाले मानवीय क्षतिको जोखिम समेत बढाउने भएकाले यसलाई तुरुन्तै कडाइसाथ नियन्त्रण गर्नुहोला ।’

छलफलमा मन्त्रालयका सचिव केशवकुमार शर्माले क्षमता र मापदण्डभन्दा बढी भार बोकेको पाइए बढी भएको भार खन्याएर मात्र गाडी छुटाउनुपर्ने बताए । प्रहरी, प्रशासन तथा सम्बद्ध निकायसँग समन्वय गरी ‘ओभरलोड’ का सवारीसाधन सञ्चालन हुने क्रम तुरुन्त रोक्न विभागलाई उनले निर्देशन दिए ।

यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले मालबाहक सवारीसाधनको भारबहन नियमन सम्बन्धी निर्देशिका, २०७४ प्रभावकारी कार्यान्वयन गरिने बताए ।

बढी भार भएका सवारीसाधनलाई जरिवाना लिएर छाड्दा राजस्व संकलन भए पनि यसले बढी भार नियन्त्रणको लक्ष्य पूरा नभएको उनको भनाइ छ । यस्तै विभाग मार्फत चितवन र महोत्तरीमा सञ्चालित तौलपुलको स्तरीकरणतर्फ पनि विभागले ध्यान दिएको उनले बताए ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघ महासचिव राजेन्द्रविक्रम बानियाँले अधिक भार भए पनि जरिवाना तिरेपछि ढुवानी गर्न पाइहालिन्छ भन्ने मान्यता अन्त्य गर्नुपर्ने बताए ।

अधिक भार ढुवानी नियन्त्रणकै लागि महासंघले विभिन्न स्थानमा तौलपुल सञ्चालनमा ल्याएको भन्दै ती पुलको डिजिटलाइजेसन समेत गरी पारदर्शी र व्यवस्थित पारिएको उनले जानकारी दिए ।

पछिल्लो पटक दुम्कीबासको पुल भाँचिएपछि अधिक भार नियन्त्रणको विषय पुनः बहसमा आएको छ । सडक विभागले उक्त पुल भाँचिनुको कारणबारे अध्ययनका लागि टोली खटाएको छ । टोलीले स्थलगत रूपमा समेत प्राविधिक अध्ययन गरेको छ । यस्तै अन्य पुलको अवस्थाबारे पनि अध्ययन गरिने मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?