+
+

शिक्षक सेवा आयोगका २ सदस्यका लागि दरखास्त आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १ गते ८:१७

१ माघ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक सेवा आयोगका दुई सदस्यका लागि दरखास्त आह्वान गरेको छ ।

मन्त्रालयले एक महिलासहित दुई जना सदस्य नियुक्तिका लागि दर्खास्त आह्वान गरेको हो । इच्छुक नेपाली नागरिकहरुले तोकिएको प्रक्रिया पुर्‍याइ १५ दिनभित्र दरखास्त दिन सक्ने छन् ।

इच्छुक व्यक्तिले अवधारणा पत्रसहितको पाँच वर्षको व्यवसायिक कार्ययोजनासहित शिक्षा मन्त्रालयमा रहेको सिफारिस समितिको सचिवालयमा पेस गर्नुपर्नेछ । यो तीनदेखि पाँच हजार शब्दको हुनुपर्नेछ ।

दरखास्त दिने व्यक्ति पछिल्ला दुई वर्षदेखि कुनै राजनीतिक दलमा आवद्ध नभएको, स्नातकोत्तर उपाधि हासिल गरेको, कानून, शिक्षा वा प्रशासनको क्षेत्रमा १५ वर्ष काम गरेको ४० पूरा भइ ६५ वर्ष नकटेको नेपाली नागरिक हुनुपर्नेछ ।

शिक्षा ऐनको प्रावधान अनुसार शिक्षक सेवा आयोगमा एक अध्यक्ष र दुई जना सदस्य (एक महिला) रहन्छन् । पदाधिकारीहरुको नियुक्ति पाँच वर्षको लागि हुन्छ ।

हाल दुई जना सदस्यमध्ये हाल एक पद रिक्त छ भने एक पद रिक्त हुने अवस्थामा रहेको शिक्षा मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?