
काठमाडौं । फिल्म ‘महाभोज’ले मंगलबार मुहूर्त पूजा गरेको छ । कमलादीस्थित गणेश मन्दिरमा ‘कास्ट एण्ड क्रू’ले क्यामेरा र पटकथा पुस्तक पूजा गर्दै फिल्मबारे औपचारिक जानकारी दिए ।
मल्टिस्टारर फिल्मको छायांकन सोमबारदेखि पोखरा आसपासमा ४५ दिनसम्म चल्नेछ । छायांकनका लागि टोली बुधबार त्यसतर्फ जाने कार्यक्रम छ ।
मुहूर्त पूजामा दयाहाङ राई, खगेन्द्र लामिछाने, आर्यन सिग्देल, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणी नेपाल, पुस्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र कुशवाहसहित सहभागि थिए ।
निर्देशक राउतले सर्वसाधारणको जीवन र भरोसामाथि खेलवाड गर्नेविरुद्धको विद्रोही अभियानको कथावस्तुमा फिल्म बनेको बताए ।
‘महाभोजको कथा समाजमा हुने विश्वासघात र भ्रष्टाचारविरुद्ध बारे हो । मैले यस फिल्ममार्फत नागरिकको जिम्मेवारी, न्याय, पारदर्शिता र सामाजिक जागरणको महत्व देखाउने प्रयास गर्नेछु’ राउतले भने ।
क्लक वर्क क्रियसन र पिक्चर फ्रेमको ब्यानरमा निर्माण हुने फिल्मको निर्मातामा ‘नाङ्गो गाउँ,’ ‘दुखी आत्मा’ फेम्ड हिमाल कडरिया छन् । कार्यकारी निर्मातामा किरण नेपाली र सुदिप ढकाल छन् । फिल्मलाई विकास सुवेदीले लेखेका हुन् ।
प्रतिक्रिया 4