+
+

प्रधानमन्त्री ओलीलाई प्रश्न गर्दा पूर्वसांसद कार्की पनि निलम्बनमा 

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २ गते ८:२६

२ माघ, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिक सञ्जालमा प्रश्न गर्दा  एमाले नेता तथा पूर्वकोशी प्रदेश सांसद बिमल कार्की पनि ६ महिनाका लागि निलम्बनमा परेका छन् । एमाले कोशी प्रदेश सचिव राजकुमार भण्डारीका अनुसार कार्की ६ महिनाका लागि निलम्बनमा परेका हुन् ।

‘स्टाटस पनि निरन्तर लेख्नुभयो, अरु पनि कारण थिए,’ उनले भने, ‘केही दिनअघि प्रदेश कमिटीको सचिवालय बैठकले ६ महिना निलम्बन गर्ने निर्णय गरेको थियो, प्रदेश कमिटी बैठकले अनुमोदन गर्‍यो ।’ पुस २७ र २८ मा एमाले कोशी प्रदेश कमिटी बैठक बसेको थियो ।

पूर्वप्रदेश सांसद कार्की प्रदेश कमिटी सल्लाहकार र राष्ट्रिय प्रतिनिधि परिषद्को सदस्य हुन् । प्रदेश कमिटी बैठकले थप तीन जना प्रदेश कमिटी सदस्यलाई पनि स्पष्टीकरण सोधेको छ । स्पष्टीकरण सोधिएका नेताहरुको नाम भने सार्वजनिक गरेनन् ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीको कार्यशैलीबारे सामाजिक संजालमा आलोचना गरेपछि कार्कीलाई प्रदेश कमिटीले मंसिर १६ मा स्पष्टीकरण सोधेको थियो । कार्की २०७४ को प्रदेश सभा निर्वाचनमा उदयपुरको क्षेत्र नम्बर १ को १ बाट प्रदेश सांसद निर्वाचित भएका थिए ।

व्यापारी मीनबहादुर गुरूङले एमालेको पार्टी कार्यालयलाई जग्गा दिने र भवन पनि बनाइदिने विषयको आलोचना गरेपछि नेता भीम रावल पार्टीबाट निष्कासनमा परेका थिए । नेतृ विन्दा पाण्डे र उषाकिरण तिम्सिना पनि ६ महिनाका लागि निलम्बनमा परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?