+
+

सुशान्त केसी अब नेपालमा गुञ्जिँदै, भन्छन्- फर्किन अधैर्य छु

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २ गते १३:३९

काठमाडौं । सन् २०२४ को तथ्यांकअनुसार सुशान्त केसी इन्टरनेट प्लाटफर्ममा सबैभन्दा सुनिने नेपाली गायक हुन् । बितेको वर्ष उनलाई स्पोटीफाईमा ४४ मिलियन पटक सुनियो ।

युट्युवमा उनलाई पछ्याउनेको संख्या २० लाख नाघेको छ र अहिलेसम्म उनलाई युट्युवमा हेर्नेको संख्या ५३ करोड ५० लाख पुगेको छ । उनको पछिल्लो गीत ‘बार्दली’ सांस्कृतिक परिघटना नै बन्यो जसमाथि १० लाखभन्दा धेरै टिकटक भिडियो बने । यो गीत दुई सातासम्म ग्लोबल ट्रेन्डिङमा प¥यो । अहिले पनि युट्युव चार्टमा स्ट्रिमिङ छ ।

स्पोटीफाईमा गतवर्ष सज्जनराज वैद्यलाई उछिन्दै उनी प्लाटफर्ममा धेरै सुनिने गायक बने । गत २० जुुलाईमा उनले अमेरिकाको न्यूयोर्कस्थित टाइम्स स्क्वायरको प्लाटिनियममा ‘उडी उडी वल्र्ड टूर’ प्रस्तुत गरे ।

यस्तोमा, अहिलेका लोकप्रिय गायक नेपालमा गुञ्जिने निश्चित भएको छ । साढे २ वर्षपछि उनले आफूले नेपाल कन्सर्ट गर्न लागेको घोषणा गरेका छन् । कन्सर्टको मिति भने तय हुन बाँकी छ । यसबारे विस्तृत विवरण आउन बाँकी रहेको सुशान्तले जनाएका छन् ।

‘नेपालमा पछिल्लो पटक प्रस्तुति दिएको कति वर्ष भयो अनुमान लगाउन सक्नुहुन्छ ? सधैंभरि जस्तो लाग्छ, फर्किन अधैर्य छुु’ नेपाल कन्सर्टको घोषणा गर्दै सुशान्तले लेखेका छन् । यस वर्ष सुशान्तले बार्दली, पर्ख न, झ्यालबाट, सारङ्गी जस्ता हिट गीत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?