+
+

प्रेम सम्बन्धमा हुँदा खिचेको तस्वीर आफन्तलाई पठाएर चरित्र हत्या गरेको आरोपमा युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ३ गते १८:२७

३ माघ, काठमाडौं । सामाजिक सञ्जाल फेसबुकबाट साथी बनेर प्रेम सम्बन्धमा हुँदा खिचिएका तस्वीर र भिडियो पीडितका आफन्तलाई पठाएर चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका–८ धुलेबेसी स्थायी ठेगाना भइ काठमाडौं महानगरपालिका–१३ बस्ने १९ वर्षीय श्रीकृष्ण कार्की छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा पीडित महिलाले दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो ।

प्रेम सम्बन्ध बिग्रिएपछि तस्वीर र भिडियोहरू ती युवकले आफ्ना आफन्त र साथीहरूलाई पठाएको भन्दै पीडित युवतीले ब्यूरोमा निवेदन दिएकी थिइन् ।

साइबर ब्यूरोका अनुसार ती युवकलाई गत पुस २९ गते पक्राउ गरेर काठमाडौं जिल्ला अदालतबाट ४ दिन म्याद थप गरिएको छ ।

उनीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा आवश्यक अनुसन्धान भइरहेको ब्यूरोका प्रवक्ता दीपक अवस्थीले जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?