+

टाइगर कप भलिबललाई एनसेलको साथ, उपाधि विजेतालाई ५ लाख ८५ हजार

२०८१ माघ  ४ गते १४:१४ २०८१ माघ ४ गते १४:१४
टाइगर कप भलिबललाई एनसेलको साथ, उपाधि विजेतालाई ५ लाख ८५ हजार

४ माघ, काठमाडौं । पोखरामा आगामी माघ १२ गतेदेखि सुरू हुने पाँचौं टाइगर कप महिला तथा पुरुष आमन्त्रित भलिबल प्रतियोगिताको उपाधि विजेताले ५ लाख ८५ हजार रूपैयाँ प्राप्त गर्ने भएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजिता पत्रकार सम्मेलनमा महिला र पुरूष दुवैतर्फको पुरस्कार राशी ५ लाख ८५ हजार ५ सय ५५ रूपैयाँ घोषणा भएको हो । पुरस्कार राशी अघिल्लो संस्करणभन्दा वृद्धि भएको पनि जानकारी दिइएको थियो । अघिल्लो संस्करणमा उपाधि विजेतालाई ५ लाख ५५ हजार रूपैयाँ पुरस्कार थियो ।

यसपटक दोस्रो हुनेलाई २ लाख ८५ हजार ५ सय ५५ तथा तेस्रो हुनेलाई १ लाख ८५ हजार ५ सय ५५ रूपैयाँ पुरस्कार हुनेछ । उत्कृष्ट खेलाडीलाई २५ हजार ७ सय ७७ तथा विभिन्न विधातर्फ उत्कृष्ट हुनेलाई १० हजार ५ सय ५५ रूपैयाँ पुरस्कार हुनेछ ।

यस्तै प्रतियोगिताको मुख्य प्रायोजन एनसेलले गर्ने भएको छ । एनसेलसँग सुरूवाती चरणको सहकार्य भएकाले हाललाई एक वर्षको मात्र सम्झौता भएको छ । प्रतियोगिताभर १ करोड ५० लाख हाराहारीमा खर्च हुने जनाइएको छ ।

प्रतियोगितामा महिला र पुरुष दुवैमा ६-६ टिमको सहभागिता रहनेछ । जसमा पुरूषतर्फ श्रीलंका र महिलातर्फ थाइल्याण्डबाट १-१ टिम आउने भनिएकामा श्रीलंकाको टिम नआउने भएको छ । अब भारतको कुरुक्षेत्रबाट सुनिल भलिबल क्लब आउने भएको छ ।

तीन विभागीय टोली एपीएफ, पुलिस र आर्मीले महिला र पुरूष दुवैमा प्रतिस्पर्धा गर्नेछन् । यस्तै पुरूषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब र गण्डकी प्रदेशसँगै भारतको सुनिल भलिबल टिम सहभागी हुनेछ ।

महिलातर्फ तीन विभागीय टोलीसहित न्यु डायमण्ड स्पोर्ट्स क्लब, टाईगर ग्रुप अफ पोखरा नेपाल र ट्राभल इन्क‍्वायरी युनाईटेड प्यासन भलिबल क्लब, थाईल्याण्डले खेल्नेछ ।

कार्यक्रममा बोल्दै नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र चन्दले टाइगर ग्रुपको सहयोगले नेपाली भलिबलले थप उचाइ हासिल गर्न मद्दत पुगेको बताउँदै संघको तर्फबाट आवश्यक प्राविधिक सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

टाइगर कप भलिबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय