+
+

नेपालमा सार्वजनिक भयो ‘दिपल एस०७ एल’, मूल्य कति ?

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ४ गते १७:३७

४ माघ, काठमाडौं। नेपालका लागि दिपलको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले इलेक्ट्रिक एसयूभी दिपल एस०७ को अपग्रेडेड भर्सन ‘दिपल एस०७ एल’ सार्वजनिक गरेको छ।

थप शक्तिशाली तथा बढी रेन्ज दिने एस०७ एललाई एमएडब्लू वृद्धिले शुक्रबार सार्वजनिक गरेको हो । एमएडब्लू वृद्धि ग्रुपका अध्यक्ष विष्णु अग्रवाल, दिपलका ब्रान्ड एम्बेसडर पारस खड्का र एमएडब्लू वृद्धि अटोकर्पका प्रबन्ध निर्देशक विवेक सिकारिया लगायतले यो एसयूभी सावर्जनिक गरेका हुन् ।

एमएडब्लू वृद्धिले दिपल एस०७ एलको मूल्य ८४ लाख ९९ हजार रुपैयाँ तोकेको छ। कम्पनीले आगामी १५ दिनका लागि ३ लाख रुपैयाँ छुट घोषणा गरेको छ । अबको १५ दिनसम्म दिपल एस०७ एल खरिद गर्दा ८१ लाख ९९ हजार रुपैयाँमात्र तिरे पुग्छ ।

कम्पनीका अनुसार फ्युचरिस्टिक डिजाइन र अत्याधुनिक प्रविधिका कारण निकै लोकप्रिय बनेको दिपल एस०७ हालसम्म ७ सयभन्दा बढी युनिट बिक्री भइसकेको छ ।

यसैको अपडेटेड भर्सन एस०७ एलले अद्वितीय ईभी अनुभव मार्फत पर्फर्मेन्स, रेन्ज र ड्राइभिङ एक्साइटमेन्टलाई नयाँ उचाइमा पुर्‍याउने कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार दिपल एस०७ एलमा १६० किलोवाटको रियर ह्विल ड्राइभ रहेको छ भने ७९.९ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ । जसले सिंगल चार्जमा ४ सय ८५ किलोमिटर डब्लूएलटीपी रेन्ज दिन्छ ।

स्पिड इन्थुजियास्टका लागि डिजाइन गरिएको यो इलेक्ट्रिक एसयूभीको टप स्पिड १ सय ८० किलोमिटर प्रतिघण्टा छ भने शून्यदेखि १ सय किलोमिटर प्रतिघण्टाको गति ६.६ सेकेन्डमा हासिल गर्न सक्छ ।

दिपल एस०७ एलले पनि चर्चित दिपल एस०७ ले जस्तै बोल्ड एक्सटेरियर, फ्रेमलेस डोर र २० इन्चका टायरले सबैको ध्यान आकर्षित गर्ने कम्पनीले जनाएको छ ।

त्यस्तै क्याबिनमा क्वालकम स्न्यापड्रागन ८१५५ चिप जडित १५.६ इन्चको सनफ्लावर टचस्क्रिन रहेको छ । यसले इन्फोटेन्मेन्ट र भेहिकल कन्ट्रोललाई बेजोड बनाएको छ ।

यसबाहेक दिपल एस०७ एलमा नेभिगेसन र ड्राइभर इन्फर्मेसनका लागि अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, ह्यान्ड फ्रि अपरेसनका लागि जेस्चर कन्ट्रोल, वेलकम सिट, एन्डभान्स्ड सेफ्टी ड्राइभिङ जस्ता फिचर उपलब्ध छन् ।

सुरक्षाका लागि यसमा एआईसीसी एडप्टिभ क्रुज कन्ट्रोल, एक्टिभ इमर्जेन्सी ब्रेकिङ, ब्लाइन्ड स्पट मनिटरिङ, ट्रान्सप्यारेन्ट च्यासिस सहित ३६० डिग्री पानोरामिक क्यामरा पनि छ ।

यी अत्याधुनिक प्रविधि, शक्तिशाली पर्फर्मेन्स र फ्युचरिस्टिक डिजाइन मार्फत दिपल एस०७ एलले नेपालको इलेक्ट्रिक मोबिलिटीमा पुनः एकपटक क्रान्ति ल्याउने अपेक्षा गरिएको कम्पनीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?