४ माघ, काठमाडौं । भारतमा जारी खो खो विश्वकपअन्तर्गत महिलातर्फ नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको क्वाटरफाइनलमा इरानलाई १०३-८ अंकको अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो ।
नेपालले अब फाइनल प्रवेशका लागि युगाण्डासँग खेल्ने छ । युगाण्डाले आजै भएको खेलमा न्युजिल्याण्डलाई हराउँदै सेमिफाइनलमा स्थान बनायो ।
नेपाल समूह सी को विजेताका रूपमा क्वाटरफाइनलमा प्रवेश गरेको थियो । नेपाल आफ्नो समूहमा अपराजित रहेको थियो ।
पहिलो खेलमा भुटानलाई ९३-२४, दोस्रो खेलमा जर्मनीलाई ७३-३४ तथा तेस्रो खेलमा श्रीलंकालाई ११०-१० ले पराजित गरेको नेपालले चौथो खेलमा बंगलादेशलाई ८४-२४ ले हराएर समूह विजेता बनेको थियो ।
नेपालको पुरूष टिम पनि क्वाटरफाइनलमा बंगलादेशसँग खेल्दै छ ।
 
                    










 २०८१ माघ  ४ गते १८:११
                        २०८१ माघ  ४ गते १८:११                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4