४ माघ, काठमाडौं । काठमाडौं माभरिक्सले रोमाञ्चक जितसहित नेपाल कबड्डी लिग (एनकेएल) मा विजयी सुरुवात गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार सम्पन्न उद्घाटन खेलमा काठमाडौंले पोखरा लेकर्सलाई ४२–४१ ले पराजित गरेको हो।
जितसँगै काठमाडौंले पाँच अंक जोडेको छ । काठमाडौंले खेलको सुरुआतदेखि नै अग्रता लिएको भएपनि खेलमा फर्किएको थियो । तर, काठमाडौंका कप्तान तथा घनश्याम रोक्कामगरले सुपर ट्याकल गरेसँगै पोखरासँग काठमाडौंले अग्रता दोब्बर बनायो।
पोखरा खेलको १०औं मिनेट नबित्दै पहिलोपल्ट अलआउट भयो र पहिलो हाफमै पोखरा दुईपल्ट अलआउट हुन पुग्यो। योसँगै काठमाडौं पहिलो हाफमा २५–१४ को फराकिलो अग्रता लिन सफल भएको थियो।
दोस्रो हाफको मध्यतिर भने पोखराले खेलमा पुनरागमन गर्यो। खेल सकिन अन्तिम ६ मिनेट बाँकी रहँदा पोखरा ३२–३६ को स्थितिमा आइपुगेको थियो। सोही समय कप्तान घनश्यामलाई पोखराले सहजै रोक्यो । लगत्तै पोखराका रोहन श्रेष्ठले आफ्नो रेडमा तीन जनालाई आउट गर्दै खेल ३६–३६ को स्थितिमा ल्याए।
त्यसपछि पोखराले काठमाडौंमाथि निरन्तर दबाबमा राख्दै खेल ४०–३८ को स्थितिमा ल्यायो। त्यसपछि दुवै टोलीले थप एक अंक जोडे। यद्यपि, रेइडर घनश्यामले आफ्नो अनुभव देखाउँदै अन्तिम दुई मिनेट बाँकी रहँदा तीन खेलाडीलाई रेडमा आउट गर्दै काठमाडौंलाई पुनरागमन गराए। उनी नै म्यान अफ द म्याच भए।
                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
    
    
    
    
    
                            
                            
                            
                            
                            
                            
प्रतिक्रिया 4