 
																			६ माघ, काठमाडौं । काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाको कार्यकाल आइतबार (आज) सकिंदै छ ।
विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले ७ माघ २०७७ मा प्रा.डा. थापालाई उपकुलपतिमा नियुक्त गरेका थिए । उनको चार वर्षे कार्यकाल आज सकिन लागेको हो ।
नयाँ उपकुलपतिका लागि १६ जनाको आवेदन स्वीकृत भएको छ । १७ जनाले आवेदन दिएकोमा १ जनाको अस्वीकृत भएको छनोट समितिले जनाएको छ ।
अब १६ जनाबाट उपकुलपतिका लागि तीन जनाको नाम छनोट समितिले सिफारिस गर्नेछ ।
विश्वविद्यालयको कार्यव्यवस्था नियम २०४९ मा उपकुलपति एक हप्ताभन्दा बढी समय विश्वविद्यालयमा अनुपस्थित रहने भएमा कुलपतिले उपकुलपतिबाट गरिने सम्पूर्ण काम रजिष्ट्रारलाई सुम्पन सक्ने व्यवस्था छ । हाल विश्वविद्यालयको रजिष्ट्रार प्रा.डा. अच्युतप्रसाद वाग्ले छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpeg) 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4