+
+

एभरेस्ट बैंककाे नाफा बढ्यो २१ प्रतिशत

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ७ गते ८:०९

७ माघ, काठमाडौं । एभरेस्ट बैंकले चालु आर्थिक वर्ष २०८१/८२ दोस्रो त्रैमासमा नाफा २१ प्रतिशतभन्दा धेरैले बढाएकाे छ । गत आव सोही अवधिको तुलनामा एभरेस्टले नाफा २१.११ प्रतिशतले बढाएको हाे ।

सोमबार प्रकाशित दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार एभरेस्टले यस अवधिमा २ अर्ब ७ करोड रुपैयाँ नाफा कमाएको छ । गत वर्ष सोही अवधिमा बैंकको नाफा १ अर्ब ७१ करोड थियो । बैंकको खुद नाफासँगै वितरणयोग्य नाफा पनि बढेको छ ।

यस अवधिमा बैंकले २ अर्ब ७२ करोड रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको छ । गत वर्ष यस्तो नाफा २ अर्ब ४० करोड थियो । यस अवधिमा बैंकले ब्याज आम्दानीमा १९ प्रतिशत वृद्धि गरेको छ भने कमिसन तथा शुल्कबापत आम्दानीमा १४.४६ प्रतिशतको वृद्धि छ ।

गत वर्ष ४३ करोड रहेको बैंकको इम्पेयरमेन्ट शुल्क अहिले घटेर ३५ करोडमा झरेको छ । एभरेस्टले सबैभन्दा बढी प्रतिसेयर आम्दानी (ईपीएस) को प्रतिस्पर्धामा आफूलाई अगाडि नै राखेको छ, जुन यस अवधिमा बढेर ३२ रुपैयाँ पुगेको छ । पीई रेसियो भने १८ बाट सीमान्त बढेर १८.१२ मा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?