+

नेपाल कबड्डी लिगमा जनकपुर नाइट्सको लगातार दोस्रो जित

२०८१ माघ  ७ गते २१:३८ २०८१ माघ ७ गते २१:३८
नेपाल कबड्डी लिगमा जनकपुर नाइट्सको लगातार दोस्रो जित

७ माघ, काठमाडौं । जनकपुर नाइट्सले नेपाल कबड्डी लिग (एनकेएल)मा लगातार दोस्रो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा मंगबार भएको एक मात्र खेलमा जनकपुरले धनगढी वाइल्डक्याट्सलाई ३७–३१ ले पराजित गरेको हो ।

दोस्रो जितपछि १० अंक जोडेर जनकपुर शीर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमा जनकपुरले हिमालयन रेइडर्सलाई ३५-२४ ले हराएको थियो ।

धनगढीको यो लगातार दोस्रो हार हो । धनगढी पहिलो खेलमा विराटनगर ब्यान्डिट्ससँग ४६-३४ ले पराजित भएको थियो । दुई खेल खेलेको धनगढीको एक अंक छ ।

सुरूवाती समयमा धनगढीले जनकपुरलाई दबाबमा राखेको थियो । तर, ट्याकलमा कमजोर हुँदा धनगढी पहिलो हाफमै दुईपल्ट अलआउट हुन पुग्यो । जनकपुरले भने ट्याकलमा शानदार प्रदर्शन गर्दै ६ अंक जोड्यो । धनगढीले भने दुई अंक मात्रै जोड्न सक्यो ।

रेडमा दुवैले समान ६ अंक जोडे पनि एक्स्ट्रा पोइन्ट जनकपुरले बढी पायो । जनपुरले ७ र धनगढीले ५ एक्स्ट्रा अंक जोडेको थियो । योसँगै जनकपुपरले पहिलो हाफमै २१-१३ को अग्रता लिन सफल भयो ।

दोस्रो हाफमा धनगढीले पुनरागमन गर्दै खेलमा फर्कने प्रयास गरेपनि सफल हुन सकेन । दोस्रो हाफमा धनगढीले १८ अंक जोड्दा जनकपुरले १६ अक जोड्यो । तर पहिलो हाफको अग्रता नै जनकपुरको जितमा निर्णायक बन्यो ।

दोस्रो हाफमा रेइडबाट दुवैले समान १० अंक जोडेको थियो । ट्याकलबाट जनकपुरले ३ र धनगढीले २ अंक जोड्यो । दोस्रो हाफमा जनकपुरले धनगढीलाई दुई पटक अलआउट गर्दै २ अंक जोड्यो । यस्तै एक्सट्राबाट धनगढीले ६ अंक पाउँदा जनकपुरले १ अंक जोडेको थियो ।

दोस्रो खेलमा ७ अंक भन्दा कम अन्तरले हार्दा धनगढीले १ अंक जोड्न सफल भएको हो । विराटनगर ब्यानडिट्सले पनि दुई खेल जित्दै समान १० अंक जोडेको छ । तर अंकतालिकामा दोस्रो स्थानमा छ ।

नेपाल कबड्डी लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय