+
+

अध्यादेशबारे एमाले : संविधानमा छ भने कसरी अलोकतान्त्रिक हुन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ८ गते १२:१८

८ माघ, काठमाडौं । नेकपा एमालेका सांसद  गोकुल बास्टोकाले अध्यादेश ल्याउनु अलोकतान्त्रिक नरहेको बताएका छन् ।

मंगलबार संसदको सार्वजनिक लेखा समितिको बैठकमा माओवादी सांसद लेखनाथ दाहाल र स्वतन्त्र सांसद अमरेश कुमार सिंहले अध्यादेश ल्याउनु गलत रहेको बताएका थिए । त्यसपछि बोलेका एमाले सांसद बास्कोटाले अध्यादेश संवैधानिक व्यवस्था रहेको बताएका हुन् ।

अध्यादेश आउनु लोकतन्त्र हो कि होइन भन्ने अनौठो लाग्छ । त्यो व्यवस्था संविधानमा राखेको छ त कसरी अलोकतान्त्रिक हुन्छ । होइन भने त्यो बुँदा संविधानबाट झिकिदिउँ’, उनले भने ।

उनले अध्यादेशको निजी क्षेत्रबाट स्वागत भएको बताउँदै दल फुटाउन ल्याएको भनी व्याख्या गर्न नहुने बताए । ‘अध्यादेशको कन्टेन्टमा जाउँ न । प्राइभेट सेक्टरले स्वागतै गरेको छ त । अध्यादेश हिजो पनि आएको छ । कम्तिमा ४० प्रतिशत गरेर दल फुटाउन २० प्रतिशत भन्ने त आएको होइन नि !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?