+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

‘प्रत्यक्ष निर्वाचित राष्ट्रपतिबारे कांग्रेसमा कुरै भएको छैन’

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ९ गते १०:४९

९ माघ, विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाल जस्तो देशमा संसदीय व्यवस्था नै उत्तम हुने बताएका छन् ।

विराटनगरस्थित कोइरालाल निवासमा बुधबार पत्रकारसँग कुरा गर्दै उनले नेपालजस्तो देशमा संसदीय व्यवस्था नै उपयुक्त हुने बताएका हुन् ।

माओवादी अध्यक्ष प्रचण्डले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको एजेन्डा अघि सारेकोबारे पत्रकारले सोधेको प्रश्नमा उनले आफ्नो धारणा राख्दै नेपाल दुई ठूला देशको बीचमा रहेका बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक देश भएकोले संसदीय व्यवस्था ठीक हुने बताए ।

‘प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा नेपालजस्तो बहुजातीय, बहुभाषिक, बहुसंस्कृतिक देश भएको हुनाले र दुई ठूला देशको बीचमा हामी छौं त्यहाँ पार्ल्यामेन्ट्री सिस्टम नै बेटर हुन्छ भन्ने लाग्छ’, उनले भने ।

उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिबारे कांग्रेसभित्र छलफलसमेत नभएको बताए । ‘पार्ल्यामेन्ट्री सिस्टमलाई, डेमोक्रेसीलाई मात्रै मानेर हामी हिंडिरहेका छौं, अहिलेसम्म । भोलि कसरी जाने भन्ने कुरामा छलफल गछौं’, उनले थपे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?