+
+

प्रतिकूल मौसमले तराईका तीन विमानस्थलमा सबै उडान रद्द

तराई भेगमा बाक्लो हुस्सुका कारण उडान निरन्तर प्रभावित बनिरहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ९ गते १७:१२

९ माघ, काठमाडौं । प्रतिकूल मौसमका कारण बुधबार तराईका तीन विमानस्थलमा निर्धारित सबै उडान रद्द भएका छन् ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार आज सिमरा, नेपालगञ्ज र धनगढीका सबै उडान रद्द भएका हुन् । बुद्ध एयरले समेत यी विमानस्थलमा आज कुनै पनि उडान हुन नसकेको जनाएको छ ।

तराई भेगमा बाक्लो हुस्सुका कारण उडान निरन्तर प्रभावित बनिरहेको छ । काठमाडौंमा भने मौसम सफा रहेका कारण उडान/अवतरण सामान्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?