१० माघ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नागरिक तहमा संविधान कार्यान्वयनका लागि आवश्यक ऐनहरू बन्न नसकेको बुझाइ रहेको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा अन्तर्गतको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्ने क्रममा कांग्रेस सांसदसमेत रहेका शर्माले यस्तो बताएका हुन् ।
राज्य व्यवस्था तथा समितिमा संविधान कार्यान्वयनका लागि महत्त्वपूर्ण रहेको संघीय निजामती सेवा सम्बन्धि विधेयक दफावार छलफलमा छ । विधेयकमाथिको छलफलमा महामन्त्री शर्माले यस्तो बताएका हुन् ।
‘सविधानपछि बन्नुपर्ने कानुन पनि बनेका छैन् भन्ने नागरिक तहमा बुझाई छ । गुणात्मक रुपमा काम गरौं,’ उनले भने ।
प्रतिक्रिया 4