+
+

ट्रम्पले फेरि भने : क्यानडा अमेरिकाको ५१औं राज्य बन्न सक्छ

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ११ गते ११:४२

११ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा अमेरिकाको ५१औं राज्य बन्न सक्ने अभिव्यक्ति दोहोर्‍याएका छन् ।

यसो हुनसके क्यान्डा चर्को करबाट बच्ने उनको तर्क छ । ‘क्यानडासँग हाम्रो ठूलो व्यापार घाटा छ। हामी यसलाई अब झेल्न सक्दैनौं’ उनले भने ।

ट्रम्पले अगाडि थपे, ‘तपाईंलाई थाहा छ, म सधैं भन्ने गर्छु कि क्यानडा एक राज्य बन्न सक्छ। राज्य बन्दा व्यापार घाटा हुने छैन र हामी टारिफ लगाउने छैनौं ।’

उनले वर्षौंदेखि क्यानडासँगको सम्झौता अप्ठ्यारो काम बन्दै आएको तर्क गरे । ‘यो न्यायसंगत छैन कि २०० अर्ब वा २५० अर्ब डलरको व्यापार घाटा होस्। हामीलाई आफ्ना गाडी बनाउन क्यानडा चाहिंदैन’ उनले भने, ‘हामीलाई उनीहरूको तेल र ग्यासको आवश्यकता छैन। हामीसँग यो अरू कसैको भन्दा धेरै छ।’

ट्रम्पले यसअघि पनि क्यानडा अमेरिकाको ५१औं राज्य बन्दा करमा ६० प्रतिशतभन्दा बढी कटौती हुने बताउँदै आएका थिए ।

ट्रम्पले केही अघि अमेरिकी सीमाहरूबाट अवैध आप्रवासी र गैरकानुनी रूपमा उत्पादन गरिएको फेन्टेनिल देशमा आउन बन्द नभएसम्म क्यानडाबाट आउने सामानमा २५ प्रतिशत ट्यारिफ लगाइने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?