+

धनगढी वाइल्डक्याट्स नेपाल कबड्डी लिगको प्लेअफमा

२०८१ माघ  १२ गते १९:५९ २०८१ माघ १२ गते १९:५९
धनगढी वाइल्डक्याट्स नेपाल कबड्डी लिगको प्लेअफमा

१२ माघ, काठमाडौं । धनगढी वाइल्डक्याट्स नेपाल कबड्डी लिग (एनकेएल) को प्लेअफमा प्रवेश गरेको छ ।

शनिबार भएको आफ्नो अन्तिम खेलमा हिमालयन रेइडर्सलाई ४१-३८ ले पराजित गर्दै धनगढी प्लेअफ पुग्ने अन्तिम टोली बनेको हो ।

यसअघि नै जनकपुर नाइट्स, काठमाडौं माभरिक्स र विराटनगर ब्यान्डिट्सले प्लेअफमा स्थान पक्का गरिसकेका छन् । हारपछि हिमालयन रेइडर्स लिग चरणबाटै बाहिरिएको छ । पोखरा लेकर्स यसअघि नै लिगबाट बाहिरिसकेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालको कभर्डहलमा भएको खेलको पहिलो हाफमा धनगढीले २५-१४ को अग्रता बनाएको थियो ।

दोस्रो हाफमा हिमालयन रेइडर्सले पुनरागमन गर्दै २४-१६ को अग्रता बनाएको थियो । तर समग्रमा ३ अंकले पछि परेपछि हिमालयन रेइडर्स बाहिरिएको हो ।

नेपाल कबड्डी लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय