+

सूर्य नेपाल वेस्टर्न ओपन प्रो–एमको उपाधि प्रो सञ्जयको टिमलाई

२०८१ माघ  १२ गते २०:४० २०८१ माघ १२ गते २०:४०

कुल १४८ स्कोर जोड्दै सञ्जयको टिम पहिलो भएको हो । प्रो सञ्जयले ३४, युवा एमेच्योर ड्यानियल बानियाँले ३९, दिप्सन लामा र मनीष शेरचनलले समान ३६ स्कोर गरे ।

सूर्य नेपाल वेस्टर्न ओपन प्रो–एमको उपाधि प्रो सञ्जयको टिमलाई

१२ माघ, पोखरा । सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गतको चौथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपन अन्तर्गत प्रो–एमको उपाधि प्रो सञ्जय लामाको टिमले जितेको छ ।

कुल १४८ स्कोर जोड्दै सञ्जयको टिम पहिलो भएको हो । प्रो सञ्जयले ३४, युवा एमेच्योर ड्यानियल बानियाँले ३९, दिप्सन लामा र मनीष शेरचनलले समान ३६ स्कोर गरे ।

प्रो जयराम श्रेष्ठको टिम कुल १३५ स्कोरका साथ दोस्रो भयो । जयरामले ३५, एमेच्योर लिलाजङ्ग गुरूङले ३४ तथा श्याम तामाङ र विश्व गुरूङले समान ३३ स्कोर गरे ।

प्रो भुवन नगरकोटीको टिम १३० स्कोरमा तेस्रो भयो । भुवनले ३४ स्कोर गर्दा एमेच्योर खेलाडीहरू राजेन्द्र गौचन, बलराम थापा र राजु थकालीले समान ३२/३२ अंक जोडे ।

महिलातर्फको उत्कृष्ट कार्ड गीता गुरूङले बनाइन् । उनले ३० स्कोर गरिन् । लङगेस्ट ड्राइभको उपाधि पेम्बा शेर्या र क्लोजेस्ट टु दी पिनको उपाधि बलराम थापाले जिते ।

प्रो–एम इभेन्टमा शनिबार २० प्रोफेसनल गल्फरसहित कुल ९० खेलाडीले भाग लिएका थिए । विजयी खेलाडीहरूलाई नेपाल गल्फ संघका वरिष्ठ उपाध्यक्ष पवित्रकुमार कार्की, हिमालयन गल्फ कोर्सका निर्देशक किरण केसी, गण्डकी प्रदेश गल्फ संघका अध्यक्ष इन्द्रधारा विष्ट र कास्की गल्फ संघका अध्यक्ष जिवाराम गुरूङले पुरस्कार प्रदान गरे ।

शुक्रबार सम्पन्न भएको सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि नीरज तामाङले जिते । ५४–होलको प्रतियोगितामा नीरजले १–अन्डर २०६ सहित उपाधि हात पारेका हुन् ।

२–ओभर २०९ सहित जयराम श्रेष्ठ दोस्रो तथा ३–ओभर २१० स्कोरमा भुवनकुमार रोक्का तेस्रो भए । कूल २ लाख ८८ हजार पुरस्कार राशि रहेको प्रतियोगितामा ३४ प्रो र १८ एमेच्योर खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए ।

प्रो सञ्जय लामा सूर्य नेपाल गल्फ टुर २०२४–२५ सूर्य नेपाल वेस्टर्न ओपन

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय