+

एनकेएल : अन्तिम खेल जित्दै विराटनगर क्‍वालिफायर वानमा

२०८१ माघ  १२ गते २१:२२ २०८१ माघ १२ गते २१:२२
एनकेएल : अन्तिम खेल जित्दै विराटनगर क्‍वालिफायर वानमा

१२ माघ, काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) को लिग चरणको अन्तिम खेलमा शुक्रबार विराटनगर ब्यानडिट्सले पोखरा लेकर्सलाई पराजित गर्दै गर्दै क्वालिफायर वानमा स्थान बनाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालको कभर्डहलमा भएको खेलमा विराटनगरले पोखरालाई ५०-२५ ले पराजित गरेको हो ।

लिग चरणमा ५ मध्ये ४ खेल जितेको विराटनगरले २१ अंक जोडेर दोस्रो स्थानमा उक्लँदै क्वालिफायर वानमा जनकपुर नाइट्ससँग भेट पक्का गरेको हो । जनकपुरले ४ जित र १ बराबरीबाट २३ अंक जोडेर शीर्ष स्थानमा रहेर लिग सकाएको थियो ।

विराटनगरको जितपछि काठमाडौं माभरिक्स भने तेस्रो स्थानमा झरेको छ र धनगढी वाइल्डक्याट्ससँग इलिमिनेटर खेल्ने भएको छ । काठमाडौंले ३ जित, १ बराबरी र १ हारबाट १९ अंक जोडेको थियो । यस्तै २ जित र ३ हारबाट ११ अंक जोडेर धनगढी लिगमा चौथो भएको थियो ।

हिमालयन रेइडर्स र पोखरा लेकर्स भने लिग चरणबाटै बाहिरिएको छ । पोखराले लिगमा खेलेको सबै ५ खेलमा हार व्यहोर्दै जितविहिन हुने एक्लो टोली बनेको हो ।

अब सोमबारदेखि प्लेअफका खेल सुरु हुनेछ । जहाँ जनकपुर र विराटनगरबीच क्वालिफायर वान हुनेछ भने काठमाडौं र धनगढीबीच एलिमिनेटर हुनेछ ।

जनकपुर र विराटनगरबीचको विजेता सिधै फाइनल पुग्नेछ भने पराजित हुने टोली तथा काठमाडौं र धनगढीबीचको विजेताबीच क्वालिफायर टु हुनेछ ।

यस्तै बुधबार क्वालिफायर टु खेल हुनेछ भने शुक्रबार फाइनल खेल हुनेछ ।

नेपाल कबड्डी लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय