१६ माघ, काठमाडौं। बिहीबारदेखि सुरू हुने नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी-२० श्रृंखलाको ट्रफी सार्वजनिक भएको छ ।
बुधबार काठमाडौंमा आयोजित कार्यक्रम मार्फत श्रृंखलाको ट्रफी सार्वजनिक गरिएको हो ।
तीनवटै कप्तानले श्रृंखलाका लागि तयार रहेको बताउँदै श्रृंखला जित्ने लक्ष्य भएको उल्लेख गरे। महिल टी-२०आई वरीयतामा दुवै टोली नेपालभन्दा माथि छन् ।
नेदरल्याण्ड्ससँग नेपालको पहिलो अनुभव हुनेछ । नेपालमा आएर भने थाइल्याण्डले पनि पहिलोपटक खेल्न लागेको हो ।
श्रृंखलाका लागि इन्दु बर्माको कप्तानीमा यू-१९ विश्वकप खेलेका दुई खेलाडीसहित १५ सदस्यीय टोलीको घोषणा भइसकेको छ ।
नेपालमा झण्डै साढे दुई वर्षपछि अन्तर्राष्ट्रिय महिला क्रिकेट फर्कन लागेको हो ।
प्रतिक्रिया 4