 
																			१७ माघ, काठमाडौं। आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा अमेरिकाको एकछत्र राजलाई चीनले एकपछि अर्को गर्दै ससक्त चुनौती दिन थालेको छ । योसँगै अमेरिकी कम्पनीहरुले अर्बौँ डलरको नोक्सानीसँगै कडा चुनौतीको सामना गर्नु परिरहेको छ ।
सर्वाधिक लोकप्रिय एआई च्याटबटको रुपमा रहेको च्याट जिपिटीको प्रतिस्पर्धीको रुपमा डीपसीक आर वानको प्रवेशसँगै एनभिडिया जस्ता अमेरिकी कम्पनीले एक दिनमै अर्बौँ डलर गुमाए। डीपसीक अमेरिकी एआई कम्पनीहरुका लागि ठूलो चुनौती बनिरहेको बेलामा एआईको क्षेत्रमा किमी नामक नयाँ चिनियाँ एआई प्लाटफर्मको प्रवेश भएको मात्र छैन, त्यसले तिव्र रुपमा लोकप्रियता हासिल गरिरहेको छ ।
डीपसीकबाट सुरु भएको चिनियाँ एआई प्लाटफर्मको युग Kimi K1.5 मा प्रवेश गरेको छ । किमी एआई प्लाटफर्म ओपन एआईको GPT-4o तथा Claude 3.5 Sonnetललभत भन्दा कैयौँ मामिलामा उन्नतस्तरको छ।
के हो किमी के १.५ ?
चीनको राजधानी बेइजिंगमा रहेको Moonshot AI ले विकशित गरेको सबैभन्दा पछिल्लो एआई मोडेल हो Kimi k1.5 । हालैमात्र सार्वजनिक भएको यो प्लाटफर्मले तिव्र गतिमा लोकप्रियता हासिल गरिरहेको छ रOpenAI-o1 लाई टक्कर दिइरहेको छ । GPT-o1 लाई कुनैपनि प्रश्नको जवाफ दिनुअघि त्यसमाथि विचार गर्नका लागि तयार गरिएको हो । अर्थात् यसले पहिले प्रयोगकर्ताको सवाल बुझ्दछ र त्यसलाई सोँचेर जवाफ दिन्छ ।
किमी के १.५ पनि यहीँ तरिकाले काम गर्दछ । अझ गणित, कोडिंग तथा अन्य विभिन्न मामिलामा त किमी जिपिटी ओ१ भन्दापनि उन्नत रहेको बताइएको छ । किमीले अक्षरसँगै फोटो तथा भिडियो समेतलाई पहिचान गर्न सक्छ । त्यसैले पनि यो चिनिया एआई प्लाटफर्म अमेरिकी कम्पनीहरुका लागि ठूलो टाउको दुखाई बनेको छ ।
समाचार अनुसार किमी केवल एआई मोडेल मात्र होइन । यसलाई reinforcement learning तथा multimodal reasoning को बृहत उद्देश्य सहित तयार गरिएको हो । यसले भिजुअल डेटा, टेक्स्ट तथा कोडलाई एकसाथ मिलाएर जटिल समस्याहरुको समेत समाधान गर्न सक्दछ । बेन्चमार्कका आधारमा Kimi k1.5 ले GPT-4o तथा Claude Sonnet 3.5 लाई समेत पछि पार्दछ ।
रिपोर्ट अनुसार किमीले डेटाका विभिन्न स्वरुपलाई समेत प्रोसेस गर्न सक्दछ । जबकि पारम्परिक एआई मोडेलहरु स्टाटिक डेटासेटमा निर्भर हुन्छन् । तर किमीले चाहीँ अन्वेषण तथा रिवार्डका माध्यमबाट सिक्दछ । यस प्रक्रियाका कारणले गर्दा किमीले जटिल समस्याहरुको समेत सजिलैसँग समाधान गर्न सक्दछ ।
किमीले कसरी काम गर्छ ?
किमीले रिइन्फोर्समेन्ट लर्निंग टेक्नोलोजीमा काम गर्दछ । यो प्लाटफर्मले आफैमा अन्वेषण गर्ने तथा समाधानको स्तरमा सुधार गर्दै समृद्ध बनाउँदै लैजान्छ । किमीले कुनैप्नि प्रश्नको जवाफ दिनुअघि त्यसमाथि सोँचविचार गर्दछ र उक्त समस्याका हरेक पहलु र चरणको विश्लेषण गर्दछ अनि त्यसको समाधान गरेर अन्तिम नतिजा प्रस्तुत गर्दछ । एजेन्सीहरूको सहयोगमा
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpeg) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4