 
																			१८ माघ, काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिपक्षी दल रास्वपाको बहिस्कारको बीच संसद बैठक अघि बढाएका छन् ।
बैठक सुरु हुने बित्तिकै रास्वपाका सांसदले उठेर अवरोध गरेपछि सभामुख घिमिरेले पटकपटक दलीय आधारमा धारणा राख्न समय दिने भन्दै रास्वपा सांसदहरूलाई यथास्थानमा बस्न आग्रह गरेका थिए ।
तर रास्वपा सांसदहरु यथास्थानमा उभिरहे । उनीहरु उभिरहेको अवस्थामै सभामुखले संसद बैठक अघि बढाएपछि रास्वपा सांसदहरु १५ मिनेटका लागि भन्दै संसद बैठक कक्षबाट बाहिरिएका थिए ।
सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेलाई संसदबाट निलम्बन गरिएकोमा रास्वपा सांसदहरु विरोधमा छन् । उनीहरुले निलम्बनको प्रक्रिया नमिलेको भन्दै निलम्बन फुकुवा हुनुपर्ने माग गर्दै आएका छन् ।
आजै रास्वपा सभापति रवि लामिछानेले सभामुखलाई भेटेर निलम्बन फुकुवा गरिदिन माग गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpeg) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4