
२१ माघ, वीरगञ्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाको वडा नम्बर २ र ४ मा दुईवटा भाले चित्तल फेला परेका छन् । दुवै चित्तललाई नियन्त्रणमा लिएर सवडिभिजन वन कार्यालय रंगपुरलाई बुझाइएको छ ।
वडा नम्बरको २ प्रसौनी टोल र वडा नम्बर ४ को देउरबान टोलमा चित्तल फेला परेका थिए ।
वडा नम्बर २ को एक पोखरीको हिलोमा फसेको अवस्थामा जिउँदो चित्तल फेला परेपछि स्थानीयले उद्धार गरेका थिए । त्यसपछि वनको टोलीलाई बोलाएर आइतबार बेलुकी बुझाइएको वडाध्यक्ष चिरञ्जिवी प्रसाद महतो थारुले जानकारी दिए ।
चित्तलहरू घना सदाबहार जंगल र खुल्ला घासेमैदानहरूमा ठूलो मात्रामा पाइन्छन् । नेपालको तराई मधेश र छिमेकी भारतका जंगलहरू तथा आसपासका अग्ला घासेमैदान र बुट्यान पाइने क्षेत्रहरूमा चित्तलहरूको बाक्लो उपस्थिति छ ।
तर कहिलेकाहिँ बासस्थान मासिँदा वा अन्य विभन्न कारणले यी वस्तीसम्म आइपुग्ने गर्दछन् । त्यसैले यस क्षेत्रका विज्ञहरु चितलको प्राकृतिक बासस्थानमा सुरक्षाको आवश्यकता औंल्याउने गर्दछन् ।
प्रतिक्रिया 4