 
																						फाइल तस्वीर								
											२१ माघ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सम्भव भएसम्म नेपाली उत्पादन प्रयोग गर्न आह्वान गरेको छ ।
महासंघ महानिर्देशक गोकर्णराज अवस्थीले सबै जिल्ला तथा नगर उद्योग वाणिज्य संघलाई पत्राचार गर्दै यस्तो आह्वान गरेका हुन् ।
सरकारले २८ मंसिरमा सार्वजनिक निकायमा स्वदेशी वस्तु प्रयोग गर्ने निर्देशिका-२०८१ पारित गरेको थियो ।
यसले स्वदेशी वस्तु उत्पादन, रोजगारी सिर्जना, आयात व्यवस्थापन र उत्पादित वस्तुको बजार प्रवर्द्धन हुने विश्वास लिइएको छ ।
महासंघले यो निर्णयको स्वागत गर्दै सम्भव भएसम्म नेपाली उत्पादन प्रयोग गरी प्रवर्द्धन गर्न आग्रह गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpeg) 
                                                 
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4