 
																			२२ माघ, काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समिति बोलाएको छ ।
सोमबार सम्पन्न केन्द्रीय कार्यकारिणी समितिको बैठकले आगामी फागुन १९, २० र २१ गते काठमाण्डौमा बस्ने गरी केन्द्रीय समितिको बैठक आह्वान गरिएको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
उनका अनुसार पार्टीले केन्द्रीय विभागमा प्रमुख र उपप्रमुख तोकेर त्यसको परिपत्रसमेत गरेको छ ।
परिपत्रअनुसार संगठन विभाग प्रमुखको जिम्मेवारी मधेसका पूर्वमुख्यमन्त्रीसमेत रहेका नेता लालबाबु राउतलाई दिइएको छ भने उपप्रमुख लाक्पा शेर्पा बनेका छन्।
यस्तै सुरेशकुमार मण्डललाई पार्टीको स्कुल तथा प्रशिक्षण विभाग प्रमुख तोकिएको छ भने अम्बिका काफ्ले उपप्रमुख तोकिएकी छन्।
यस्तै अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा अर्जुन थापा र उपप्रमुख रेणुका सिंहले जिम्मेवारी पाएकी छन् । प्रचार विभाग प्रमुखमा पूर्णबहादुर बस्नेत तोकिएका छन् भने उपप्रमुख शम्भु झा बनेका छन् ।
यसैगरी प्रमिला यादवलाई महिला विभाग प्रमुखको जिम्मेवारी दिइएको छ भने शशी लिङ्देन उपप्रमुखमा चयन भएकी छन्।
स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुखमा सुरेन्द्र यादव र उपप्रमुखमा अब्दुल कलाम अन्सारी तोकिएका छन्।
पार्टीको सामाजिक सेवा तथा गैरसरकारी विभाग प्रमुखमा विनिता यादव र उपउप्रमुखमा विणा सिन्हान, कृषि तथा भूमि विभाग प्रमुखमा संजय सिंह र उपप्रमुखमा मालामति राना थारू चयन भएकी छन् ।
यस्तै वन वातावरण तथा विपद व्यवस्थापन विभाग प्रमुखमा चन्देश्वर पाशसवानलाई जिम्मेवारी दिइएको छ । सहकारी तथा गरिबी निवासरण विभाग प्रमुखमा उदयकान्त मिश्र र उपपेरमुखमा रामबहादुर जाग्री तोकिएका छन् ।
यस्तै शिक्षा विभाग प्रमुखको जिम्मेवारी योगेन्द्र यादव र उपप्रमुखमा अन्जेस दाहाल लाई चयन गरिएको छ भने उद्योग वाणिज्य तथा आपूर्ति विभाग प्रमुखमा लक्ष्मण गुरूङलाई चयन गरिएको छ ।
सरकारले संसदमा प्रस्तुत गरेको अध्यादेशहरुका सम्बन्धमा अध्ययन, छलफल तथा विश्लेषण गरी पाटीको धारणा बनाउन पार्टीका उपाध्यक्ष राजकिशोर यादवको संयोजकत्वमा कार्यदल गठन गरेको छ, जसमा मृगेन्द्रकुमार सिंह यादव, खालिद सिद्धिकी, मनिसकुमार सुमन र शैलेन्द्रकुमार साह रहेका छन् ।
यस्तै किरात लिम्बुलगायत आदिवासी समुदायको धार्मिक एवं सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङको प्राकृतिक सौन्दर्य र संरचनालाई बचाउन र आफ्नो पहिचान कायम राख्न भइरहेको आन्दोलनमा आन्दोलनकारीमाथि सरकारले गरिरहेको दमन, धरपकडजस्ता कार्य लोकतान्त्रिक मूल्य र मान्यता विपरीत भएको जसपा नेपालले ठहर गरेको छ ।
साथै पार्टीले उक्त कार्यको विरोध र भर्त्सना गर्दै पक्राउ परेकाहरुको रिहाई तथा घाइतेहरुको स्वास्थ्य उपचार गरी दमन कार्यलाई यथाशीघ्र बन्द गर्न र सरोकारवालाहरुसँग यथाशीघ्र वार्ता गरी समस्यालाई सम्बोधन गर्न माग गरेको छ ।
त्यसैगरी पार्टीको केन्द्रीय सदस्यहरुमा आत्माराम साह, खेमनारायण यादव, दिलबहादुर लामा र धुर्व राई मनोनित भएका छन् । पार्टीको विधानको धारा ३५ अनुसार सुमन कुमार चौधरीको अध्यक्षतामा ४७ सदस्यीय केन्द्रीय सल्लाहकार समिति गठन भएको छ ।
 
                









 
             
                             
                             
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpeg) 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4