+

दोस्रो विश्वविद्यालय खेलकुद : पहिलो दिन ७ स्वर्णको छिनोफानो

२०८१ माघ  २३ गते २१:०० २०८१ माघ २३ गते २१:००
दोस्रो विश्वविद्यालय खेलकुद : पहिलो दिन ७ स्वर्णको छिनोफानो

२३ माघ, काठमाडौं । दोस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिताको पहिलो दिन ७ स्वर्णको छिनोफानो हुँदा त्रिभुवन विश्वविद्यालय ४ स्वर्ण, ३ रजत र २ कास्यसहित अगाडि रहेको छ ।

यस्तै सुदुरपश्चिमले २ स्वर्ण, १ रजत र १ कास्य पदक प्राप्त गरेको छ । मध्यपश्चिमले १ स्वर्ण प्राप्त गर्दा काठमाडौंले २ रजत तथा १ कास्य हात पारेको छ ।

गण्डकीले १ रजत र २ कास्य जित्दा पुर्वाञ्चलले २ रजत पदक प्राप्त गरेको छ । यस्तै पोखराले एक रजत पदक हात पारेको छ ।

दुई विश्वविद्यालयले पहिलो दिन कुनै पदक जित्न सकेका छैनन् । अब दोस्रो दिन बिहीबार १२ स्वर्णको टुंगो लाग्नेछ ।

विश्वविद्यालय खेलकुद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय