+
+

झापाको एक होटलमा बेहोस भएका युवकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २५ गते ९:०८

२५ माघ, काठमाडौं । झापाको बिर्तामोड नगरपालिका-४ स्थित एभरेस्ट होटल एन्ड लजमा बेहोस अवस्थामा भेटिएका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका-१ का ३० वर्षीय सागर बेस्रा रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बेस्रा गएराति एकजना महिला साथीसँग उक्त होटलमा गएका थिए । राति सुतेको कोठाभित्रको बाथरुममा लडेर बेहोस बेस्रा बेहोस भएका थिए । राति करिब साढे १ बजेको समयमा उनलाई उपचारका लागि बिर्तासिटी अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रहरीले होटल सञ्चालक र बेस्रासँग होटलमा गएकी युवतीलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?