+

थ्री बाई थ्री बास्केटबलमा भारत, पाकिस्तान र बंगलादेशका टिम पनि खेल्ने

२०८१ माघ  २६ गते १६:५९ २०८१ माघ २६ गते १६:५९
थ्री बाई थ्री बास्केटबलमा भारत, पाकिस्तान र बंगलादेशका टिम पनि खेल्ने

२६ माघ, काठमाडौं । नेपाल बास्केटबल संघ र थ्री बाई थ्रीको आयोजनामा अन्तर्राष्ट्रिय थ्री बाई थ्री नेपाल बास्केटबल च्याम्पियनसिप  (एनबीसी) हुने भएको छ । नेपाल बास्केबल संघले शनिबार पत्रकार सम्मेलन गर्दै तीन दिने प्रतियोगितामा ३२ टिम सहभागी हुने जानकारी गराएको हो ।

प्रतियोगितामा नेपालबाट २२ टिम सहभागी हुनेछन् । त्यस्तै, बंगलादेशबाट ४, भारत ३ र १ पाकिस्तानबाट टिम सहभागी हुने बास्केबल संघका महासचिव नरेन्द्र थापाले जानकारी गराएका हुन् । दुई टिमको टुंगो लाग्न बाँकी छ ।

महासचिव थापाका अनुसार नेपाली टिमले दुई जना विदेशी खेलाडी अनुबन्ध गर्न पाउँनेछन् । जसमध्ये १ खेलाडीमात्रै कोर्टमा उत्रने नियम रहेको छ ।

प्रतियोगिताको सबै म्यानेजमेन्टको जिम्मेवारी आइडिया पिक्सेसले गरेको छ । थी बाई थ्री का कोर्डिनेटर तथा केन्द्रीय सदस्य शरद बिष्टले प्रतियोगिता गर्न अनुमानित खर्च १२ देखि १५ लाख लाग्ने बताए ।

संघले प्रतियोगिताको अन्तिम दिन भारत र पाकिस्तानबीच मैत्रिपूर्ण खेल आयोजना हुने जनाएको छ ।

अन्तर्राष्ट्रिय थ्री बाई थ्री नेपाल बास्केटबल च्याम्पियनसिप नेपाल बास्केटबल संघ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय