 
																			१ फागुन, काठमाडौं। महाशिवरात्रि नजिकिँदै जाँदा तयारी स्वरुप पशुपतिनाथ क्षेत्रस्थित मूल मन्दिर र आसपासका मन्दिरमा रङ्गरोगन र मर्मतसम्भार गरेर चिरिच्याट्ट पारिएको छ ।
पशुपति क्षेत्र परिसरका सम्पदामा पनि रङ्गरोगन गरी महाशिवरात्रिका लागि चिटिक्क बनाइएको छ । मन्दिरमा वेदरकोट प्राइमर लगाइएको छ भने आसपासका पर्खालमा रातो रङ लगाइएको छ ।
महाशिवरात्रिको तयारीका क्रममा पशुपति क्षेत्र विकास कोषले एक हप्ता अगाडि (माघ २५गते)देखि विशेष सफाइ पनि सुरु गर्न लागिएको छ । पशुपति क्षेत्रमा वर्ष भरमा मनाइने पर्वमध्ये महाशिवरात्रि महत्वपूर्ण पर्व हो । महाशिवरात्रिको तयारीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।
उनका अनुसार मूल समारोह समितिअन्तर्गत गठन भएका नौवटै उपसमिति गठन गरिएको छ जसअन्तर्गत स्वागत तथा सत्कार उपसमिति, प्रचारप्रसार, स्वयंसेवक व्यवस्था उपसमिति,आवास, भोजन तथा भौतिक व्यवस्था उपसमिति गठन, स्वास्थ्य सेवा उपसमिति,वातावरण, सरसफाइ तथा जुत्ता चप्पल व्यवस्था उपसमिति,धार्मिक कार्यक्रम तथा साधुसन्त तथा पूजापाठ व्यवस्था उपसमिति,मन्दिर दर्शन, चन्दन वितरण तथा रात्रिकालीन व्यवस्था उपसमिति, मेला, बजार व्यवस्थापन, साज सजावट उपसमिति र मूल्याङ्कन, तथ्याङ्क सङ्कलन तथा स्मारिका प्रकाशन उपसमिति गठन गरिएको छ।
यी सबै उपसमितिको नियमित बैठक गरी तयारीका काम तीव्रगतिमा भइरहेको प्रवक्ता अधिकारीले जानकारी गराए । यसवर्ष महाशिवरात्रि पर्व फागुन १४ गते परेको छ ।
हेर्नुहोस् तस्वीरहरू :



 
  
  
 
 
  
    
  
  
  
  
  
  
  
  
  
  
  
 
 
                









 
             
                             
                             
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                
प्रतिक्रिया 4